पूर्वमन्त्री बाँस्कोटाको घरमा बम विस्फोट गराएकाे आशंकामा एक जना पक्राउ

Machchapuchchre

काठमाडौँ । पूर्वमन्त्री एवं नेकपा नेता गोकुलप्रसाद बाँस्कोटाको भक्तपुर लोकन्थलीमा रहेको घर बाहिर बिस्फोट गराएको आशंकामा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । बाँस्कोटाको घरमा कुकर बम विस्फोट गराएको आशंकामा मनोहरा सुकुम्बासी बस्तीबाट अन्दाजी ५० वर्षका देव गुरुङलाई महानगरीय प्रहरी वृत्त ठिमीको टोलीले पक्राउ गरेको हो। प्रहरी स्रोतका अनुसार गुरुङमाथि प्रारम्भिक बयान लिने काम भइरहेको छ।

बुधबार बिहान ७ बजेर ४० मिनेट जाँदा बाँस्कोटाको घर नजिक बम विस्फोट भएको थियो। विस्फोट गराउन प्रयोग गरिएको रिमोट घटनास्थलबाट करिब १० मिटरको दूरीमा भेटिएको प्रहरीले जनाएको छ। त्यस्तै घटनास्थलमा चन्द समूहले बाँस्कोटाको घरमा विस्फोट गराएको स्वीकारोक्तिसहितको पर्चा भेटिएको प्रहरीले जानकारी दिएको छ।

विस्फोटबाट बाँस्कोटाको घरसँगै रहेका अरु तीन वटा घरमा पनि क्षति पुगेको छ। साथै बाँस्कोटाको घर अगाडि रहेको एउटा भ्यानमा पनि विस्फोटबाट क्षति पुगेको छ। लोकन्थलीमा बाँस्कोटाको निर्माणाधीन घरमा बम विस्फोट भएको हो। सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रक्रियामा कमिसन मागेको अडियो सार्वजनिक भएपछि बाँस्कोटाले फागुन ८ गते सञ्चार तथा सूचना प्रविधिमन्त्रीबाट राजीनामा दिएका थिए। बिस्फोटको जिम्मा विप्लव नेतृत्वको नेकपाले लिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्