टाउको दुखाइको कारण र उपचार

Machchapuchchre

अर्थ राजनीति । प्राय सबै मानिसहरुलाई टाउको दुखि राखेकै हुन्छ । टाउको के कराणले दुख्छ भन्ने बारे हामिलाई प्रयाप्त ज्ञान भने छैन । टाउको दुखे पछी हामि सिटामोल खाने गर्दछौ । अब टाउको दुख्ने बानि हटाउनु छ भने तल दिएको कुरालाई आफ्नो जीवनमा लागु गर्नु होस् र साथै टाउको के कारणले दुख्छ भन्ने बारेमा पनि थाहा पाउनुहोस् ।

टाउको दुख्नुको कारण : शरीरमा पानीको मात्र कम भयो भने पनि टाउको दुख्ने गर्छ । जाडो मौसौममा रुघाखोकी र पिनास हुदाखेरि टाउको दुख्ने गर्दछ । राति निन्द्राको कमि भयो भने अनि मानिस दिप्रेसनमा जादा पनि टाउको दुख्ने हुन्छ । ग्यास्ट्रिक भएको छ भने पनि टाउको दुख्ने समस्या हुन्छ । जथाभावी औषधिको प्रयोग गर्नाले दिमागको आवरण वा धमनीमा असर गर्छ र टाउको दुख्न सुरु हुन्छ । आँखा दुख्ने समस्या छ भने पनि त्यसले टाउको दुख्ने रोग निम्ताउछ ।

टाउको दुखाईको उपचार: टाउको दुख्ने समस्या छ भने दिनमा करिब ८ गिलास जति पानी पिउनु पर्छ । चिसोबाट जोगिएर, तातो न्यानो भएर बस्नु पर्छ । आराम गरिरहनु पर्छ । दैनिक साह पात र फलफुल खाने गर्नुपर्छ । मदिराजन्य प्रदार्थ र सुर्तीजन्य चिजलाई सेवन गर्नु हुदैनन । दिनमा भोकै बस्नु हुदैन । केहि न केहि कुरा खानै पर्छ । मोबाइल तथा कम्प्युटर चलाउदा चस्माको प्रयोग गर्ने गरौ । सामान्य टाउको दुख्नु कुनै रोगको लक्षण भएकाले धेरै टाउको दुखेमा टाउकोको सिटिस्क्यान वा एमाआरआई गर्नुपर्छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्