महामुर्ख’को पगरी: मुख्यमन्त्री राउतलाई

Machchapuchchre

अर्थ राजनीति । यो वर्षको ‘महामुर्ख’को पगरी  प्रदेश-२ का मुख्यमन्त्री लालबाबु राउतलाई दिएको छ । हिजो जनकपुर स्थिति जानकी मन्दिर प्रांगणमा राउतलाई स्वागत गरियो । उनलाई फुलको होइन, तरुल र चुकन्दरको माला लगाइनुको साथै फर्सीको टोपी लगाई दिएर प्रशस्तिपत्र हस्तान्तरण गरिएको थियो । जातिवाद,नातावाद र कृपावादले भरिएको प्रदेशमा समावेशी हिसाबबाट हरेक वर्ग र क्षेत्रलाइ समेट्ने गरि बेटी बचाउ बेटी पढाउ,किशोरी शिक्षा बिमाल लगायत लोकप्रिय कार्य गर्नु तपाईको मुर्खता रहेकाले यस वर्षको म्हामुर्खाको उपाधि राउतलाई प्रदान गरिएको हो ।

सम्मेलनमा ‘पट मुर्खको’को उपाधि राजपाका प्रदेश सांसद मनिष सुमनलाई दीइयो । जनकपुरमा उक्त उपाधिलाई सम्मानको रुपमा लिइन्छ । मिथिला नाट्य कला परिषदले २०६१ सालदेखि ‘महामुर्ख’ सम्मेलनलाई निरन्तरता दिदै आएको छ ।

स्रोत: नयाँ पत्रिका

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्