नेपालसहित १४ देशका यात्रुलाई कतार प्रवेशमा प्रतिबन्ध

Machchapuchchre

कतार । कोरोना भाइरसको त्रास र संक्रमण फैलदै गएपछि यसको नियन्त्रण र रोकथामका लागि भन्दै १४ देशका यात्रुमाथि कतारले अस्थायी रुपमा प्रवेशमा रोक लगाएको छ । अस्थायी रुपमा प्रवेशमा रोक लगाइएको मुलुकमा नेपाल पनि रहेको छ । कतार वैदेशिक रोजगारीका लागि नेपालीको आकर्षक गन्तव्य हो । कतारमा चार लाख भन्दा धेरै नेपाली रहेका छन् ।

आइतबार कतार सरकारले सूचना जारी गर्दै नेपालसहित, चीन, इजिप्ट, भारत, इरान, इराक, लेबनान, बंगलादेश, पाकिस्तान, फिलिपिन्स, दक्षिण कोरिया, श्रीलंका, सिरिया र थाइल्यान्डका नागरिकलाई कतार प्रवेशमा रोक लगाउने निर्णय गरेको जनाएको हो । कतारमा सोमबार सम्ममा १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

कतारको सार्वजनिक स्वास्थ्य मन्त्रालयले ३ जना आप्रवासी कामदारलाई पनिकोभिड–१९ को संक्रमण भएको र उनीहरुलाई क्वारेन्टाइमा राखेको जनाएको छ । तर ती नागरिक कुन देशका हुन् भन्ने उसले जानकारी दिएको छैन । सोमबार विहान सम्ममा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुने मानिसको संख्या ३ हजार ८ सय २७ पुगेको छ ।

कोरोनाको उद्भव मानिएको चीनमा सबैभन्दा बढि ३१ सय १९ जनाको मृत्यु भएको छ भने बाँकी ७ सय ८ जनाको विभिन्न १९ वटा मुलुकमा मृत्यु भएको छ । विश्वस्वास्थ्य संगठन डब्लूएचओका अनुसार अहिलेसम्म १ सय ४ वटा मुलुक र भूभागमा कोरोनाभाइरस देखिँदा १ लाख १० हजार मानिसमा संक्रमण देखिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्