सिटी एक्सप्रेस र इएमक्यूबिच रेमिटान्स कारोबार सुरु, सजिलै भुक्तानी लिन सकिने

Machchapuchchre

काठमाडौं । रेमिटान्स कम्पनी इएमक्यू लिमिटेड र सिटी एक्सप्रेस मनी ट्रान्सफरबिच रेमिटान्स कारोबार सुरु भएको छ । सिटी एक्सप्रेसको तर्फबाट प्रबन्ध निर्देशक चन्द्र टण्डन र इएमक्यूको तर्फबाट प्रमुख कार्यकारी अधिकृत म्याक्स एलेक्जेन्डर लिउले सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौता अनुसार जापान, युएई, जोर्डन स्थित उपभोक्ताहरुले इएमक्यूको सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत अब सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्ने भएका हुन् । नेपालमा सिटी एक्सप्रेससंग आबद्ध ७ हजार ५०० भन्दा बढि एजेन्टहरुबाट सजिलै भुक्तानी लिन सकिने या कुनै पनि बैंकको खातामा रकम जम्मा गर्न सकिने छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्