प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणको तयारी, ६ घण्टामा प्रत्यारोपण सकिने

Machchapuchchre

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार त्रिवि शिक्षण अस्पतालमा मिर्गाैला प्रत्यारोपण गरिने भएको छ । मिर्गाैला प्रत्यारोपणका लागि चिकित्सकीय तयारी पूरा भएको अस्पतालले जानकारी दिएको छ ।

अस्पतालका कार्यकारी निर्देशक प्रा डा प्रेमकृष्ण खडकाले मिर्गौला प्रत्यारोपणका लागि आवश्यक औषधिहरु दिन शुरु गरिएको र विभिन्न विषयका विशेषज्ञबाट स्वास्थ्य परीक्षण गरिएको जानकारी दिए ।

प्रत्यारोपण अगाडि गरिने नियमित डायलायसिस तथा ल्याब परीक्षणहरु गरिने क्रम जारी रहेकाे उनले बताए । प्रत्यारोपण अगाडि प्रधानमन्त्री ओलीलाई १२ घण्टादेखि खालि पेट राखिएको छ । प्रधानमन्त्री ओलीको रक्तचाप, नाडी र शरीरको तापक्रमको मापन, रक्तचाप, मुटुको परीक्षण गरिएको छ।

परीक्षणमा सम्पूर्ण रिपोर्ट राम्रो आएपछि मिर्गौला प्रत्यारोपणको तयारी गरिएको हो । अहिले बिहान ९ बजेदेखि सुरु हुने प्रत्यारोपणको काम करिव ६ घण्टामा सकिनेछ । प्रधानमन्त्री ओलीको मिर्गौला प्रत्यारोपणका लागि भारतबाट डा. अनन्तकुमार सहितको टोली नेपाल आइसकेको छ ।

२०६४ साल साउनमा दिल्लीस्थित अपोलो अस्पतालमा पहिलो मिर्गौला प्रत्यारोपण पनि डा. अनन्तकुमारकै नेतृत्वमा भएको थियो। ३५ वर्षदेखि मिर्गौला प्रत्यारोपणमा सक्रिय डा. अनन्तकुमारले ३५ सय बढी मिर्गौला प्रत्यारोपण गरिसकेको बताइन्छ ।

किङ जर्ज मेडिकल युनिभर्सिटी लखनउबाट एमबीबीएस, पिग्मेयर चन्ढीगढबाट एमएस, एमसीएच (युरोलोजी) र बीएनडी (युरोलोजी) गरेका डा. अनन्तकुमारसहित टोली प्रधानमन्त्री ओलीको प्रत्यारोपणमा सघाउन नेपाल आएको छ । प्रत्यारोपणमा युरोलोजीस्ट तथा सर्जन डा. प्रेम ज्ञवालीसहित भारतबाट आएका चिकित्सक डा. अनन्तकुमारको टोली संलग्न रहनेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्