बालुवाटारमा प्रधानमन्त्री ओलीको बर्थडे सेलिब्रेसन, तेह्रथुममा सार्वजनिक बिदा

Machchapuchchre

काठमाडाैं । प्रधानमन्त्रीलाई जन्मदिनको शुभकामना दिन उपप्रधानमन्त्री पोखरेलसँगै, नेकपा संसदीय दलका उपनेता, सुवास नेम्वाङ, प्रमुख निर्वाचन आयुक्त दिनेश थपलिया, पूर्वगृहसचिव प्रेम राई, कांग्रेस नेतृ सीता गुरुङलगायत पुगेका थिए । उनीहरु केक, मिठाई, फूलका माला र खादा बोकेर बालुवाटारस्थित प्रधानमन्त्री निवास पुगेका थिए । त्यसपछि प्रधानमन्त्री ओलीका परिवारका केही सदस्यहरु र सचिवालयका सदस्यहरु बसेर बधाइ साटासाट गरेका थिए ।

प्रधानमन्त्री ओलीका विदेश मामिला सल्लाहकार राजन भट्टराईका अनुसार बालुवाटारस्थित निवासमा जन्म दिन मनाउने कुनै औपचारिक कार्यक्रम भने गरिएको थिएन । भट्टराईले भने, ‘प्रधानमन्त्रीज्यू आठराई जानका लागि निस्किँदै हुनुहुन्थ्यो, त्यही बेला केही शुभेच्छुक र साथीहरु आकस्मिक रुपमा आएर बधाई दिने र ग्रहण गर्ने काम भयो ।’

प्रधानमन्त्री ओलीले बुवा मोहनप्रसाद र पत्नी राधिकालाई दायाँबायाँ राखेर केकसमेत काटेका छन् । तर उक्त केक काट्ने कार्यक्रममा भने नेकपा अर्का अधक्ष्य प्रचण्ड सहभागी नै भएनन् । पूर्व एमाले नेताहरुले ओलीलाई सरप्राइज केक सेलिब्रेशन पार्टी दिएपनि अर्का अध्क्षय प्रचण्डलाई भने सुइँको नै दिएनन, जसकारण उनी सहभागी हुन् नै पाएनन ।

बालुवाटारको कार्यक्रमपछि प्रधानमन्त्री ओली जन्मथलो तेह्रथुमको आठराई प्रस्थान गरेका छन् । उनले आठराईमा जेष्ठ नागरिकलाई न्यानो कपडा र विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेर जन्म दिन मनाउँदैछन् । प्रधानमन्त्री ओलीको जन्म दिनको अवसरमा हुने कार्यक्रमलाई मध्यनजर गरी आठराई गाउँपालिकामा सार्वजनिक विदा दिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्