‘कृषिलाई नछोड्ने अरुलाई जोड्ने’ कृषि विकास बैंकको मूल मन्त्र

Machchapuchchre

अर्थ राजनीति । कृषि विकास बैंकले पत्रकार सम्मेलन गरि बैंकको पछिल्लो अवस्थाको बारेमा बताएको छ । बैंकको माघ ७ गते हुन् लागेको ५३ औ वार्षिक उत्सवमा पत्रकार सम्मेलन गरि बैंकले अघिल्लो वर्षको पुस मसान्त यता निक्षेप, कर्जा तथा मुनाफामा सुधार आएको बताएको छ । पत्रकार सम्मेलनमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले विगतमा १५ प्रतिशत लाभांस दिएको थियो भने गत वर्ष २९.५ पर्तिशतले लाभांस दिएको थियो साथै यो वर्ष लाभांस बढेर ३० प्रतिशत पुग्ने उहाले बताउनु भयो । उहाले गत वर्ष पुस मसान्तमा १ खर्ब १० अर्ब रुपैया निक्षेप रहेकोमा अहिले २५ दसमलब ४४ प्रतिशतले बढेर १ खर्ब २७ अर्ब पुगेको जानकारी दिनुभयो । त्यस्तै गरि उहाले आगामी ७ वर्षका लागि १० दसमलब ३५ प्रतिशत ब्याजदरमा प्रति ऋणपत्र एक हजार अंकित मुल्यमा २५ लाख कित्ताले हुने २ अर्ब ५० करोड रुपैयाको बराबर ‘एडीबीएल कृषि विकास बैंक ऋणपत्र २०८३’ निष्कासन गर्ने अन्तिम तयारि गरिसकेको पनि बताउनु भयो । प्रमुख कार्यकारी  अधिकृत अनिल कुमार उपाध्यायले यो अबधिमा बैंकको खराब कर्जा पनि १० दसमलब ३१ प्रतिशतले घटेको जानकारी दिनुभयो । पछिल्लो वर्षको पुस मसान्तमा ४ दसमलब ४२ प्रतिशतले बैंकको खराब कर्जा अनुपात यो वर्षको पुस मसान्तमा घटेर ३ दसमलब ५९ मा झरेको पनि बताउनु भयो ।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्