कांग्रेस संसदीय दलका नेता शर्माको ८२ वर्षको उमेरमा निधन

Machchapuchchre

बुटवल । प्रदेश नम्बर ५ प्रदेशसभाको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता बलदेव शर्मा पोखरेलको ८२ वर्षको उमेरमा सोमबार निधन भएको छ ।

विगत १ वर्षदेखि क्यान्सर रोगबाट ग्रसित पोखरेलकोे रुपन्देहीको तिलोत्तमा नगरपालिका–१४ खैरियास्थित आफ्नै निवासमा दिउँसो साढे १ बजे निधन भएको हो । छातीमा क्यान्सरको सङ्क्रमणका कारण रुपन्देहीको क्रिमसन अस्पतालमा उपचार गराइरहेका पोखरेललाई केही दिनअघि मात्रै घर लगिएको थियो ।

विसं १९९४ माघ १९ गते प्युठानको तुसारामा जन्मिएका पोखरेल नेपाली कांग्रेसको समानुपातिक कोटाबाट प्रदेशसभाको सदस्य बनेका थिए । उनी प्रदेशसभाकै जेष्ठ सदस्य थिए । पोखरेलका श्रीमती, चार छोरा र दुई छोरी छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्