Artharajniti ~ नेपाल राष्ट्र बैंकले १५ अर्बको ऋणपत्र निष्कासन गरेको छ। सोमबार ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ (छ)’ निष्कासन गरेको हो । राष्ट्र बैंकले पछिल्लो दुई सातामा १ खर्ब ६० अर्ब रुपैयाँको ऋणपत्र बिक्री गरिसकेको छ। असार १६ गते ३५ अर्ब रुपैयाँ, असार १७ गते ४५ अर्ब, असार १९ गते २५ अर्ब, असार २२ गते २० अर्ब, असार २३ गते २५ अर्ब र असार २४ गते २० अर्ब रुपैयाँको ऋणपत्र निष्कासन गरेको थियो। पुन: सोमबार राष्ट्र बैंकले एक वर्ष अवधिको लागि १५ अर्ब रुपैयाँको ऋणपत्र बिक्रीमा ल्याएको हो। ऋणपत्रका लागि बैंक तथा वित्तीय संस्थाहरूले सोमबार ३ बजेभित्र बोलकबोलमार्फत आवेदन दिन सक्ने छन् । ऋणपत्रमा न्यूनतम ५ करोड र बढीमा ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म बोलकबोल गर्न सकिनेछ।
राष्ट्र बैंकद्वारा १५ अर्बको ऋणपत्र निष्कासन


