एनएमबि बैंकको नयाँ अटो लोन योजना, ७.१३ प्रतिशत व्याजदर

Machchapuchchre Bank

Artharajniti  ~  एनएमबि बैंकले नाडा अटो शो मा सहभागिता जनाउँदै र आउने चाँडपर्वलाई लक्षित गर्दै विशेष अटो लोन योजना सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत ग्राहकहरुले केवल ७.१३ प्रतिशतको आकर्षक व्याजदरमा सवारी साधन कर्जा उपभोग गरी व्यक्तिगत सवारी साधन किन्न सक्नेछन् । बैंकले यो योजना सिमित अवधिका लागि मात्रै ल्याएको जनाएको छ । जसका लागि आवेदन प्रक्रिया सहज र लचिलो बनाइएको छ । इलेक्ट्रिक सवारी साधन किन्न चाहने ग्राहकहरुका लागि बैंकको यो अफर राम्रो अवसर हुने बैंकले विश्वास लिएको छ । एनएमबि बैंकले यस अफरमार्फत वातावरणमैत्री सवारी साधनको प्रयोगलाई प्रोत्साहन गर्दै नेपालको दिगो तथा हरित भविष्य निर्माणतर्फ सहयोग लक्ष्य लिइएको छ । बैंकको यो प्रयास दिगो विकासमा टेवा पुर्याउने र ग्राहकलाई केन्द्रमा राखेर सेवा उपलब्ध गराउने प्रतिबद्धता एउटा उदाहरण भएको बैंकले जनाएको छ । यस अफरबारे जानकारी यस एनएमबि बैंकको नजिकको शाखा वा नाडा अटो शो मा रहेको एनएमबि बैंकको स्टल नम्बर E–24 मा बैंकको तर्फबाट उपस्थित हुने प्रतिनिधिमार्फत लिन सकिने बैंकले जनाएको छ । एनएमबि बैंकले हाल देशभर २०२ शाखाहरु १८७ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरुमार्फत सेवा प्रदान गर्दै आएरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्