नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका ग्राहकले दुसित थानीमा १५ प्रतिशतसम्म छुट पाउने

Machchapuchchre
Artharajniti  ~   नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेड (एनआईएमबी)का ग्राहकले धुलिखेलस्थित दुसित थानी हिमालयन रिसोर्टमा आकर्षक छुट पाउने भएका छन्। बैंकले रिसोर्टसँग छुटसम्बन्धी सम्झौता गरेको जनाएको छ। सम्झौताअन्तर्गत एनआईएमबीका ग्राहकले फुड एण्ड बेभरेज र स्पा सर्भिस मा १५ प्रतिशतसम्म छुट पाउने छन्। छुट लिनका लागि ग्राहकले एनआईएमबी डेबिट/क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट एप (मोबाइल बैंकिङ)मार्फत भुक्तानी गर्नुपर्ने बैंकको विज्ञप्तिमा उल्लेख छ। ग्राहकलाई डिजिटल माध्यम प्रयोग गरी भुक्तानी प्रोत्साहन गर्न विभिन्‍न छुट तथा सुविधाहरू दिँदै आएको बैंकले जानकारी दिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्