देउवासहित टोलीले प्रधानमन्त्री ओलीसँग गरे हवाई सुरक्षाबारे छलफल

Machchapuchchre

Artharajniti  ~  नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित सांसदहरूको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई बालुवाटारमा भेटेर हवाई सुरक्षाबारे छलफल गरेका छन्। सभापति देउवा, सहमहामन्त्री जीवन परियार, गृहमन्त्री रमेश लेखक, परराष्ट्र मन्त्री आरजु राणा देउवा, सांसदहरू उदयशमशेर राणा, राजेन्द्र बजगाई, ईश्वरी न्यौपाने, प्रतिमा गौतम, सञ्जय गौतम, सरिता प्रसाई, राजन केसीलगायतले आइतबार प्रधानमन्त्री ओलीलाई भेटेर हवाई सुरक्षाबारे कुराकानी गरेका हुन्। ‘कांग्रेसले नेपालको हवाई सुरक्षाबारे सावधानीपूर्वक विचार राख्दै आएको छ। नेपाली हवाई सेवा सुरक्षाका विषयमा सभापति देउवासहित मन्त्रीहरू र सांसदहरूले प्रधानमन्त्री ओलीसँग छलफल गर्दै विभिन्न प्रस्तावसमेत राखिएको छ,’ छलफलमा सहभागी सांसद राजेन्द्र बजगाईले भने। नेपाल नागरिक उड्डयन प्राधिकरणलाई दुइटा निकाय बनाउने विधेयक राष्ट्रिय सभामा यसअघि नै पेस भएको विषयमा पनि कुराकानी भएको उनको भनाइ छ। ‘त्यो विधेयक राष्ट्रिय सभाले पारित गरेर प्रतिनिधि सभा पठाएको थियो। तर प्रतिनिधि सभामा पेस हुन सकेन र निष्क्रिय भयो,’ उनले भने। उनकाअनुसार विधेयकमा नियामक निकायको जिम्मेवारी र सेवा प्रदायकका रूपमा बेग्लाबेग्लै निकाय बनाउने प्रस्ताव गरिएको थियो।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्