अर्थ राजनीति ~ मंगलबार २० अर्बको तरलता तानेको राष्ट्र बैंकले बुधबार फेरी अर्को २० अर्ब रुपैयाँ तान्ने भएको छ। राष्ट्र बैंकले बुधबार पुन: रिभर्स रिपो जारी गरेको हो। राष्ट्र बैंकले अन्तर बैंक सापटी एक प्रतिशत हाराहारीमा आएपछि रिभर्स रिपोमार्फत तरलता तान्न खोजेको हो। राष्ट्र बैंकले आज (बुधबार) सहित चालु आर्थिक वर्षमा छैटौं पटक रिभर्स रिपो जारी गर्दैछ। अहिलेसम्म ७५ अर्ब जारी गरिसकेको छ। पछिल्लो समय सरकारले विकास खर्च बढाएपछि बैंकमा निक्षेप बढिरहेको छ। बढेको निक्षेप लगानी पनि हुन सकेको छैन। त्यही भएर बैंकहरुमा अधिक तरलताको स्थिति छ। त्यही बढी भएको तरलता राष्ट्र बैंकले १४ दिनका लगि तानेको हो।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति