बजारबाट २० अर्ब रुपैयाँ तान्दै राष्ट्र बैंक

Machchapuchchre

अर्थ राजनीति  ~  बैंकिङ प्रणालीमा एकैदिन २०/२५ अर्ब रुपैयाँका दरले निक्षेप थपिन थालेपछि बढेको तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकलाई चुनौती थपिएको छ।  राष्ट्र बैंकले मंगलबार २० अर्ब रुपैयाँको  रिभर्स रिपो जारी गर्ने भएको छ। राष्ट्र बैंकले अन्तर बैंक सापटी एक प्रतिशत हाराहारीमा आएपछि रिभर्स रिपोमार्फत तरलता तान्न खोजेको हो। राष्ट्र बैंकले आज (मंगलबार)सहित चालु आर्थिक वर्षमा पाँच पटक रिभर्स रिपो जारी गर्दैछ। अहिलेसम्म ५५ अर्ब जारी गर्न चाहेकोमा ४८ अर्ब २० करोड रुपैयाँको बिक्री भएको थियो। यसअघिको ब्याज दर ५.०५ प्रतिशत कायम भएको थियो। अधिक तरलताका कारण ब्याज घट्ने देखिएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्