अर्थ राजनीति ~ वैशाखसम्म वाणिज्य बैंकहरुले ५७ अर्ब १६ करोड रुपैयाँ खुद नाफा कमाएका छन्। यो चालु आर्थिक वर्षको १० महिनामा बैंकहरुले कमाएको नाफा हो। पछिल्लो एक महिनाको अन्तरालमा नाफा ८ अर्ब ४५ करोड रुपैयाँ बढेको हो। राष्ट्र बैंकका अनुसार, चैतसम्म यस्तो नाफा ४८ अर्ब ७० करोड थियो। पोहोर वैशाखभन्दा यसपाली कम नाफा कमाएका हुन्। २ प्रतिशत नाफा कम छ। पोहोर वैशाखमा ५८ अर्ब ३३ करोड रुपैयाँ कमाएका थिए। वैशाखमा पनि वाणिज्य बैंकहरुमध्ये सर्वाधिक नाफा नबिलले कमाएको छ। बैंकले एक्लै ६ अर्ब १२ करोड रुपैयाँ नाफा कमाएको जनाएको छ। दोस्रोमा ग्लोबल आइएमई बैंकले ५ अर्ब ३४ करोड रुपैयाँ कमाएको छ। एनआइसी एसिया र राष्ट्र वाणिज्य बैंकको नाफा ४ अर्ब नाघेको छ। नेपाल इन्भेष्टमेन्ट बैंकको नाफा ३ अर्ब ८९ करोड रुपैयाँ छ। सबैभन्दा कम नाफा कृषि विकास बैंकको छ। बैंकले वैशाखसम्म एक अर्ब २२ करोड रुपैयाँ मात्रै कमाएको छ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति