अर्थ राजनीति ~ झापामा मंगलबार साँझ जातीय पहिचान पक्षधरले निकालेको मसाल जुलुसमा झडप हुँदा कम्तिमा दुई दर्जन घाइते भएका छन् । कोशी प्रदेश नामाकरणको विरोध गर्दै आएको समूहले मंगलबार झापाको दमकमा मसाल जुलुस प्रदर्शन गरेकोमा प्रहरीसँग झडप भएको हो । झडपमा केही प्रहरीसहित दुई दर्जन घाइते भएका हुन् । प्रदर्शनकारीले ढुंगामुढा गर्दा दमक इलाका प्रहरी कार्यालयका डिएसपीसहित १० जना प्रहरी घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ । प्रदर्शनकारीले ढुंगामुढा गर्नुका साथै आफूहरुले बोकेको राँकोले प्रहरीलाई प्रहार गर्न थालेपछि स्थिति असामान्य बनेको थियाे । त्यसक्रममा प्रहरीले कम्तिमा डेढ दर्जन सेल अश्रुग्यास प्रहार गरेको थियो ।प्रहरीले प्रहार गरेको रबरको गोली लागेर दुई जना घाइते भएको प्रदर्शनकारीहरुको दाबी छ । इलाम चुलाचुली घर भएका गजेन्द्र फागो र बिर्तामोड घर भएकी निर्मला लिङ्देन घाइते भएको प्रदर्शनकारीहरुको भनाइ छ । घाइतेहरुको बिएन्डसी लगायत अस्पतालहरुमा उपचार भईरहेको जनाइएको छ । प्रदर्शनकारीहरुले सडकमा गुडेका सवारी साधनमा समेत अन्धाधुन्द तोडफोड गरेका थिए ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति