इलेक्ट्रिक कारको आयात ६६ प्रतिशतले बढ्यो

Machchapuchchre

अर्थ राजनीति  ~  नेपालमा इलेक्ट्रिक कारको आयातमा वृद्धि भएको छ। भन्सार विभागको आर्थिक वर्ष २०७९/८० को चैत मसान्तसम्मको तथ्यांक अनुसार नेपालमा इलेक्ट्रिकको आयात ६६.३९ प्रतिशत बढेको देखिन्छ। चालु आर्थिक वर्षको चैत मसान्तसम्म २ हजार ४५१ यूनिट इलेक्ट्रिक कार नेपाल भित्रिएका छन्। गत आर्थिक वर्ष २०७८/७९ को सोही अवधिमा १ हजार ४७३ यूनिट इलेक्ट्रिक कार आयात भएका छन्। गत आवको चैतको तुलानमा चालु आवको सोही अवधिमा ९७८ यूनिट बढी इलेक्ट्रिक कार आयात भएको भन्सार विभागको तथ्यांकमा देखिन्छ। चालु आवको चैत मसान्तसम्म ६ अर्ब ८४ करोड ७ लाख ९० हजार रुपैयाँ बराबरको इलेक्ट्रिक कार नेपाल भित्रिएका छन्। इलेक्ट्रिक कारबाट सरकारले १ अर्ब ९३ करोड १३ लाख ५९ राजश्व प्राप्त गरेको छ। यो अवधिमा १०० किलोवाट क्षमताका ६ अर्ब ५२ करोड ८९ लाख ३१ हजार रुपैयाँ बराबरको २ हजार ३७९ यूनिट इलेक्ट्रिक कार आयात भएका छन्। १०० देखि २०० किलोवाट क्षमताका २७ करोड १२ लाख २ हजार रुपैयाँ बराबरको ६५ यूनिट इलेक्ट्रिक नेपाल भित्रिएका छन्। तेस्तै , २०० देखि ३०० किलोवाट क्षमताका ४ करोड ६ लाख ५८ हजार रुपैयाँ बराबरको ७ यूनिट इलेक्ट्रिक कार नेपाल ल्याइएको भन्सार विभागको तथ्यांकमा देखिन्छ। गत आवको सोही अवधिमा ४ अर्ब २९ करोड ६६ लाख ३१ हजार रुपैयाँ बराबरको इलेक्ट्रिक कार नेपाल भित्रिएका थिए। सरकारले चालु आर्थिक वर्षको बजेट मार्फत १०० किलोवाट क्षमताका इलेक्ट्रिक कारमा शतप्रतिशत अन्तःशुल्क छुट दिएको छ। यसले प्रभाव स्वरुप नेपाल भित्रिएका कुल इलेक्ट्रिक सवारी मध्ये १०० किलोवाट क्षमतासम्मका ईभीको हिस्सा ९७ प्रतिशत छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्