राष्ट्र बैंकले लिएको नीतिमाथि शंका र प्रश्न

Machchapuchchre

अर्थ राजनीति  ~  उच्च ब्याज दर, खस्किँदो लगानीकर्ताको मनोविज्ञान, सिथिल अर्थतन्त्रजस्ता समस्या गहिरिएपछि नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मंगलबार पत्रकार सम्मेलन डाकेका छन्। राष्ट्र बैंकको चालु पुँजी कर्जादेखि ब्याज बढाउने नीतिसम्मले अर्थतन्त्र समस्यामा गएको र बैंकको खराब ऋण बढ्न थालेको आरोप गभर्नर अधिकारीमाथि छ। उनीमाथि आफूलाई नियुक्त गर्ने एमाले सरकारमा आउँदा उदार हुने र अरु आउँदा अनुदार नीति लिएको आरोप लाग्दै आएको छ। पाँच बर्षे कार्यकालमध्ये तीन बर्ष पुरा गरेका गभर्नर अधिकारीले दोस्रो पटक पत्रकार सम्मेलन गर्न लागेका हुन्।  बैंकहरुले बैशाख १ गतेदेखि लागू गर्ने ब्याजका बारेमा निर्णय गर्न लागेका बेला गभर्नर अधिकारीले मंगलबार साढे १ बजे पत्रकार सम्मेलन डाकेका हुन्।  ‘देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति’ का बारेमा जानकारी गराउन भनेर पत्रकारलाई डाकिएको छ। पछिल्लो समय बैंकहरुको खराब ऋण बढ्दै गएकाले  वित्तीय संस्थाहरुप्रति प्रश्न उठ्न थालेका छन्। बैंकका कर्मचारीहरुले कुटाइ खान थालेका छन् भने चौतर्फी रुपमा ब्याज बढेर समस्या आएको विश्लेषण भइरहेको छ। अर्थमन्त्रीमा डा. प्रकाश शरण महत आएपछि लगानीकर्तादेखि उद्यमी व्यवसायीले ब्याज दर घटाए मात्र आर्थिक संकट टर्ने सुझाब दिइरहेका छन्। अर्थमन्त्री महतले पनि गभर्नरसँग यसबारेमा छलफल गरेका थिए। सरकारको साझा न्यूनतम कार्यक्रममा पनि ब्याज घटाउने बिषय उल्लेख छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्