राष्ट्र बैंकले २८ अर्ब रुपैयाँ ५ करोड रुपैयाँको ट्रेजरी बिल जारी गर्ने

Machchapuchchre

अर्थ राजनीति  ~  नेपाल राष्ट्र बैंकले सोमबार (आज) २८ अर्ब रुपैयाँ बराबरको ट्रेजरी बोलकबोल गर्ने भएको छ । बैंकले २८ दिन अवधिको ४ अर्ब, ९१ दिन अवधिको ७ अर्ब ७५ करोड रुपैयाँ, १८२ दिन अवधिको ५ अर्ब ३० करोड रुपैयाँ र ३६४ दिन अवधिको ११ अर्ब रुपैयाँ गरी कुल २८ अर्ब ५ करोड रुपैयाँ बराबरको ट्रेजरी बिल बोलकबोल गर्न लागेको हो । राष्ट्र बैंकका अनुसार २८ दिन अवधिको ट्रेजरी २०८० बैशाख १९ गते, ९१ दिन अवधिको ट्रेजरी २०८० असार १९ गते, १८२ दिन अवधिको २०८० असोज १६ गते र ३६४ दिन अवधिको ट्रेजरी २०८० चैत २० गते  परिपक्व हुनेछ । यसअघि बैंकले २८ दिन अवधिको ५ अर्ब, ९१ दिन अवधिको ११ अर्ब ५० करोड २५ लाख रुपैयाँ, १८२ दिन अवधिको ६० करोड रुपैयाँ र ३६४ दिन अवधिको ५ अर्ब रुपैयाँ गरी कुल २२ अर्ब १० करोड २५ लाख रुपैयाँ बराबरको ट्रेजरी बिल जारी गरेको थियो । ऋणपत्रको बोलकबोल अनलाइनमार्फत दिउँसो ३ बजे खुला हुने राष्ट्र बैंकले जनाएको छ । बोलकबोलमा सहभागी हुने क, ख र ग वर्गका बैंक, अन्य वित्तीय संस्था, गैह्रबैंक तथा वित्तीय संस्थालगायतमध्ये सर्वाधिक अङ्ग कबोल गर्नेलाई राष्ट्र बैंकले मङ्गलबार ट्रेजरी बिल जारी गर्नेछ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्