अर्थ राजनीति ~ माघ २३ गतेसम्म बैंक तथा वित्तीय संस्था (बीएफआईज्) मा ५३ खर्ब ६५ अर्ब रुपैयाँ निक्षेप जम्मा भएको छ । कमर्सियल (वाणिज्य) बैंकहरुमा मात्र ४७ खर्ब २६ अर्ब रुपैयाँ निक्षेप जम्मा हुँदै गर्दा यता ख, ग र घ वर्गका वित्तीय कम्पनीहरूले ६ खर्ब ३९ अर्ब रुपैयाँ बढी निक्षेप सङ्कलन गरेका छन् । तर, सोही अवधिमा यता कर्जा लगानीतर्फ भने बैंक तथा वित्तीय संस्थाहरूले जम्मा ४८ खर्ब १९ अर्ब रुपैयाँ बराबरको मात्र लगानी गरेका छन् । औसतमा ८६.३८ प्रतिशत सिडी रेसियो (कर्जा/निक्षेप अनुपात) कायम गरेका बैंक तथा वित्तीय संस्थाहरूले यस अवधिमा ५ खर्ब बढी तरलता (लगानी योग्य पुँजी) होल्ड गरेको देखिन्छ । ४ प्रतिशतको अनिवार्य नगद अनुपात (सिआरआर), १२ प्रतिशतको वैधानिक तरलता अनुपात (एसएलएफ) का साथै ७ प्रतिशत हाराहारीको औसत बैंकदर कायम हुँदा समेत ५ खर्ब बढीको तरलता बैंकमा थुप्रिनुले भने बैंकहरुले कि त लगानी गर्न नचाहेको कि त ऋणको माग नै घटेको भन्ने देखिन्छ । यद्यपि, सोमबार मात्र चालु आर्थिक वर्षको छ महिनाको वित्तीय रिपोर्ट सार्वजनिक गरेको केन्द्रीय बैंकले बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जाको दर ३.० प्रतिशतले बढेर १ खर्ब ३७ अर्ब ३३ करोड रुपैयाँले मात्र बढेको जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो कर्जा १२.१ प्रतिशतले बढेर ४ खर्ब ९२ अर्ब ६३ करोड रुपैयाँ लगानी भएको थियो । तुलनात्मक रूपमा यस वर्ष निजी क्षेत्रमा प्रवाहित कर्जा ३ अर्ब ५५ अर्ब ३० करोड रुपैयाँले घटेको देखिन्छ ।यस्तै, वार्षिक बिन्दुगत आधारमा २०७९ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ४.० प्रतिशतले बढेको छ भने २०७९ पुस मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूबाट निजी क्षेत्रमा प्रवाहित कर्जामध्ये गैरवित्तीय संस्थागत क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ६४.९ प्रतिशत र व्यक्तिगत तथा घरपरिवार क्षेत्रतर्फ प्रवाह भएको कर्जाको अंश ३५.१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ६४.० प्रतिशत र ३६.० प्रतिशत रहेको थियो । समीक्षा अवधिमा निजी क्षेत्रतर्फm प्रवाहित कर्जामध्ये वाणिज्य बैंकहरुको कर्जा प्रवाह २.८ प्रतिशतले, विकास बैंकहरुको ४.९ प्रतिशतले र वित्त कम्पनीहरूको १.६ प्रतिशतले बढेको छ । जग्गाको धितोमा र १२.२ प्रतिशत कर्जा चालु सम्पत्ति (कृषि तथा गैर–कृषिजन्य वस्तु) को धितोमा प्रवाह भएको छ । २०७८ पुस मसान्तमा यस्तो धितोमा प्रवाहित कर्जाको अनुपात क्रमशः ६६.५ प्रतिशत र १२.६ प्रतिशत रहेको थियो ।
खास गरी पछिल्लो समय उच्च दरमा बढेको बैंक ब्याजदरका कारण पनि कर्जा मागमा कमी आएको हो । गत असार मसान्तसम्म ९–११ प्रतिशतको हाराहारीमा रहेको कर्जाको ब्याजदर पछिल्लो समय बढेर १७–१८ प्रतिशतसम्म पुगेको छ । बैंकको आधारदर (बेसरेट) नै १२ प्रतिशत हाराहारी पुगिसकेको अवस्थामा त्यसमा थप ६–७ प्रतिशतसम्मको प्रिमियम चार्जले उद्योगी व्यवसायीहरू ऋण लिन डराउने अवस्थामा पुगेका छन् । त्यसो आन्तरिक तथा बाह्य प्रभाव पछिल्लो समय अर्थ बजार नै डामाडोलको स्थितिमा रहँदा समेत ब्याजमा कसेर बैंकहरुले मात्र नाफा खोजेको उद्योगी व्यवसायीहरूको आरोप कायमै छ । ब्याजदर विरुद्धको आन्दोलन सुरु गरेका व्यवसायीहरूले अहिले पनि विरोधका कार्यक्रमहरू जारी नै राखेका छन् । असार मसान्तसम्म ९–११ प्रतिशतको हाराहारीमा रहेको कर्जाको ब्याजदर पछिल्लो समय बढेर १७–१८ प्रतिशतसम्म पुगेको छ । बैंकको आधारदर (बेसरेट) नै १२ प्रतिशत हाराहारी पुगिसकेको अवस्थामा त्यसमा थप ६–७ प्रतिशतसम्मको प्रिमियम चार्जले उद्योगी व्यवसायीहरू ऋण लिन डराउने अवस्थामा पुगेका छन् । तर केन्द्रीय बैंकले चालु आर्थिक वर्षको पुस मसान्तसम्म जम्मा अघिल्लो वर्षको भन्दा ३.३५ प्रतिशतले मात्र ब्याजदर वृद्धि भएको जनाउँछ । २०७८ पुस मसान्तमा ९.४४ प्रतिशत रहेको बैंक कर्जाको ब्याजदर २०७९ पुस मसान्तमा आइपुग्दा औसत १२.७९ प्रतिशत पुगेको बैंकले जनाएको छ । समीक्षा अवधिमा बैंकहरुको बेसरेट ८.४२ प्रतिशतबाट बढेर १०.९१ प्रतिशत पुगेको छ । यस्तै, अन्तर बैंक ब्याजदर ४.७६ प्रतिशतबाट बढेर ७.४८ प्रतिशत पुगेको छ भने ९१ दिने ट्रेजरी बिलको ब्याजदर औसत १०.८९ प्रतिशत पुगेको छ । अघिल्लो वर्षको पुस मसान्तसम्म यस्तो ट्रेजरीको ब्याजदर औसत ५.०७ प्रतिशत मात्र रहेको थियो । यता निक्षेपको ब्याजदर भने समीक्षा अवधिमा २.१४ प्रतिशतले वृद्धि हुँदै ८.५१ प्रतिशत पुगेको बैंकले जनाएको छ ।