अर्थ राजनीति ~ नेपाली कांग्रेसले सभामुखमा उम्मेदवारी दिनेबारे अन्य दलहरूसँग पनि छलफल गर्ने निर्णय गरेको छ। सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बुधबार बिहान बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले सभामुखमा उम्मेदवारीबारे अरू दलहरूसँग पनि छलफल गर्ने निर्णय गरेको हो। आजै दिउँसो १ बजेदेखि अपरान्ह ४ बजेसम्म सभामुखका लागि मनोनयन दर्ताको कार्यक्रम छ। दिउँसो १ बजेअघि नै अरू दलसँग छलफल गरी आवश्यक निर्णय लिइने प्रवक्ता प्रकाशशरण महतले बताए। आजै सभापति देउवाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवसँग पनि छलफल गरेका थिए। उनीहरूबीच मिलेर जाने विषयमा कुराकानी भएको थियो। अरू दलहरूको सहयोग जुटाएर कांग्रेसले सभामुख पदमा उम्मेदवारी दिने तयारी गरेको छ तर उम्मेदवार भने तय भइसकेको छैन। मनोनयन दर्ताका लागि अझै केही समय बाँकी रहेकोले त्यसअघि नै उम्मेदवार तय गरिने प्रवक्ता महत बताउँछन्। आजको पदाधिकारी बैठकमा मंगलबार बालुवाटारमा भएको सर्वदलीय बैठकमा भएका कुराकानीबारे नेताहरूले पदाधिकारी तथा पूर्वपदाधिकारीलाई ब्रिफिङ गरेका थिए।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति