सर्वदलीय बैठक : एमाले अध्यक्ष ओली बैठकबाट बाहिरिए

Machchapuchchre

अर्थ राजनीति  ~  एमाले अध्यक्ष केपी शर्मा ओली सर्वदलीय बैठकबाट बाहिरिएका छन् । प्रधानमन्त्री निवास बालवाटारमा जारी बैठकबाट ओली केहीबेरअघि बाहिरिएका हुन् । ओली बाहिरिएपनि अन्य नेताहरुबीच भने छलफल जारी रहेको छ । प्रधानमन्त्री प्रचण्डले माघ ५ गते हुने सभामुखको निर्वाचनका लागि सहमति जुटाउन सर्वदलीय बैठक बोलाएका हुन् ।बैठकमा नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, संसदीय दलका मुख्य सचेतक रमेश लेखक छन् ।  त्यसैगरी एमालेबाट ओली बाहिरिएपनि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल र महासचिव शंकर पोखरेल बैठकमै छन् । यस्तै   नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल पनि रहेका छन् । नेसपाका अध्यक्ष बाबुराम भट्टराई, सञ्चारमन्त्री रेखा शर्मा र गृहमन्त्री रवि लामिछाने लगायतका नेताहरू पनि सहभागी रहेका छन् ।  बैठकमा खासगरी प्रधानमन्त्रीलाई विश्वासको मत दिने दलको सहभागिता रहेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्