अर्थ राजनीति ~ ‘पावर सेयरिङ’ गर्दै नयाँ सरकार गठनमा सहमति गर्नेगरी सत्ता गठबन्धनभित्र विकल्पसहितको अनौपचारिक खाका तयार भएको छ । गठबन्धनआबद्ध दलभित्र नयाँ सरकार गठन र पावर सेयरिङमा सहमति गर्नेगरी तीन विकल्पको खाका तयार गरिएको स्रोत बताउँछ । सो खाकामा आज शुक्रबारबाट घनिभूत छलफल हुँदै छ । उच्च स्रोतका अनुसार प्रतिनिधिसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेसलाई राष्ट्रपति, तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्रलाई प्रधानमन्त्री दिने मोडालिटीमा एउटा खाका बनेको छ । त्यस्तै, राष्ट्रपति माओवादी केन्द्र र प्रधानमन्त्री कांग्रेसलाई दिने गरी अर्को मोडालिटी बनेको छ भने राष्ट्रपति नेकपा एकीकृत समाजवादीलाई दिने र प्रधानमन्त्री कांग्रेसले राख्ने गरी तेस्रो मोडालिटी तयार गरिएको छ । तर, माओवादी केन्द्र राष्ट्रपति र प्रधानमन्त्री दुवै पद छाड्न तयार नहुने अवस्थामा तेस्रो मोडालिटीलाई कम महत्व दिइएको स्रोत बताउँछ । औपचारिकरूपमा कांग्रेसले पनि ती दुवै पदमा दाबी गर्दै आइरहेको छ । यस्तो अवस्थामा पहिलो मोडालिटीमा सरकार बनाँउदा राष्टपति कांग्रेस, प्रधानमन्त्री माओवादी केन्द्र, उपराष्ट्रपति माओवादी केन्द्र, सभामुख कांग्रेस, उपसभामुख एकीकृत समाजवादी र राष्ट्रिय सभा अध्यक्ष एकीकृत समाजवादीलाई दिने विषयमा छलफल भइरहेको छ । यही खाकालाई नै अन्तिम रूप दिनेगरी गठबन्धनमा छलफललाई गति दिने तयारी छ । कांग्रेसलाई राष्ट्रपति, माओवादी केन्द्रलाई प्रधानमन्त्री दिने मोडालिटीमा सहमति बन्न सक्छ । गठबन्धनबाट राष्ट्रपतिमा कांग्रेस नेता रामचन्द्र पौडेल र कृष्णप्रसाद सिटौला तथा माओवादी केन्द्रबाट वर्तमान उपराष्ट्रपति नन्दबहादुर पुन, एकीकृत समाजवादीबाट झलनाथ खनाल तथा गठवन्धनकै सहयोगी डा. बाबुराम भट्टराईको नाम चर्चामा छ ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति