अर्थ राजनीति ~ जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक दलका नेता सत्ता र गठबन्धनको गणितीय खेलमा लिप्त हुँदा महँगी बढेर जनता मारमा परेको बताएका छन्। पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले बुधबार सामाजिक सञ्जाल ट्वीटरमार्फत मूल्यवृद्धि हुँदा पनि गठबन्धन सरकारले पहल नगरेको भन्दै आपत्ति जनाएका हुन्। ‘हाम्रा दल/नेता सत्ता/गठबन्धनको अरिथमेटिकमा लिप्त रहनु तर अर्थतन्त्र र मूल्यवृद्धिको अलजेब्रा/क्यालकुलसमा अनिच्छुक र कमजोर रहनु विडम्बनापूर्ण छ।’ उनले भनेका छन् । भट्टराईले अर्थतन्त्र र मूल्यवृद्धिको विषयमा सरकार अनिच्छुक र कमजोर रहको टिप्पणीसमेत गरेका छन्। ‘विशेषतः इन्धनमा मूल्यवृद्धिले उत्पादन, ढुवानी, यातायातको लागत बढाएर सबैतिर महंगी बढ्छ ! यो अचाक्ली महंगीले जनताको ढाड भाँचिदैछ। खै सरकारी पहल ?’ पूर्वप्रधानमन्त्री भट्टराईले लेखेका छन्।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति