माधव नेपाल : “कांग्रेस र माओवादी मिलेर अघि बढेपछि गठबन्धनमा समस्या देखियो”

Machchapuchchre

अर्थ राजनीति  ~  नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले गत निर्वाचनमा गठबन्धनको मर्म विपरित नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र मिलेर अघि बढेको जनाएका छन् । मंगलबार काठमाडौंमा जारी स्थायी कमिटी बैठकमा राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै नेता नेपालले गत स्थानीय निर्वाचनमा गठबन्धनको निर्णयअनुसार सिट बाँडफाँड गर्न समेत तयार नभएको  बताए । ६ महानगरपालिका र ११ उपमहानगरलिका प्रमुख तथा उपप्रमुखको सिट बाँडफाँड गरिएको बाहेक आम रुपमा गठबन्धनमा सामेल सबै दलबीच चुनावी तालमेल हुन नसकेको निष्कर्ष निकाल्दै अध्यक्ष नेपालले भनेका छन्, ‘अघिल्लो स्थानीय तहमा पहिलो, दोस्रो र तेस्रो भएका पार्टीहरूमध्ये दोस्रो र तेस्रो पार्टी मिलेर गए पहिलो पार्टीलाई हराउँन सक्छन् भन्ने र अघिल्लो निर्वाचनमा एमालेले प्राप्त गरेको मत एक देखी २० प्रतिशत कटौती भए उसले सिट गुमाउने छ भन्ने तथ्यांकसहित प्रस्तुत भएपछि नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र आफूहरू मात्रै मिलेर अघि जाने गरी बढे, उनीहरू स्थानीय तह निर्वाचनमा पाँच दलीय गठबन्धनकाबीच सिट बाँडफाँड गर्न तयार भएनन्, त्यसैले आम रुपमा पाँच दलीय गठबन्धन हुन सकेन ।’ सोही कारण कांग्रेस र माओवादी केन्द्रले गठबन्धनमा आवद्ध दलहरूलाई पन्छाएर आफूहरूबीचमा मात्रै सिट बाँडफाँड गरेकोमा नेपालको प्रतिवेदनमा गुनासो प्रकट भएका छन् । उनका अनुसार तल्लो तहसम्म गठबन्धन हुनु पर्नेमा कांग्रेस र माओवादीका कारण हुन सकेको थिएन । 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्