अर्थ राजनीति ~ साताको दोस्रो दिन सुनचाँदीको मूल्यमा सामान्य बढोत्तरी भएको छ। अघिल्लो दिनको भन्दा २ सय रुपैयाँले बढेर कारोबार मूल्य प्रतितोला ९८ हजार १ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। साताको पहिलो दिन तोलामा ६ सय घटेर सुन प्रतितोला ९७ हजार ९ सय रुपैयाँ भएको थियो। जेठ लागेयता सुन महँगिदा पनि तोलाको ९८ हजार ५ सय रुपैयाँभन्दा माथि गएको छैन। चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ। सोमबारका लागि प्रतितोला १२ सय ९० रुपैयाँ भएको छ। आइतबार तोलामा २० रुपैयाँ घटेको थियो।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति