८ सय रुपैयाँले सस्तियो सुन, बुधबार प्रतितोला ९७ हजार २ सय

Machchapuchchre

अर्थ राजनीति  ~  केही दिनदेखि सामान्य घटबढ रहेको सुनको मूल्य बुधबार तोलामा ८ सय रुपैयाँ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारका लागि बजार मूल्य प्रतितोला ९७ हजार २ सय रुपैयाँ भएको छ।अघिल्लो दिनका तुलनामा मंगलबार २ सयले घट्दै प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको थियो। साताको पहिलो दिन प्रतितोला ९८ हजार रुपैयाँमा कारोबार भएको मूल्यमा सोमबार २ सय रुपैयाँको बढोत्तरी भएको थियो। बुधबार चाँदी तोलामा २० रुपैयाँ घटेको छ। कारोबार मूल्य प्रतितोला १२ सय ५० रुपैयाँ भएको छ। मंगलबार १५ रुपैयाँ घट्दा प्रतितोला १२ सय ७० रुपैयाँ थियो। अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्य घटेको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्