राष्ट्र बैंकले थाल्यो मौद्रिक नीतिको तयारी, असार अन्तिम साता ल्याइने तयारी हुदै

Machchapuchchre

अर्थ राजनीति  ~  सरकारले बजेट ल्याएसँगै नेपाल राष्ट्र बैंकले आगामी बर्षको मौद्रिक नीतिको तयारी थालेको छ। केन्द्रीय बैंकले मंगलबारबाट सरोकारवालासँग रायसुझाब माग्न थालेको छ। राष्ट्र बैंकले असार मसान्तअघि नै ल्याउने तयारी गरेको छ। सरकारले ल्याएको नीति तथा कार्यक्रमलाई सहयोग पुर्याउँदै बाह्य तथा वित्तीय स्थायित्व र मूद्रास्फीति लक्ष्यभित्र राख्न मौद्रिक नीतिले भूमिका खेल्छ। आगामी बर्षका लागि सरकारले ८ प्रतिशत आर्थिक बृद्धि र ७ प्रतिशत मूल्य बृद्धिको प्रक्षेपण गरेको छ। बाह्य क्षेत्र भ्वाङ परेको सन्दर्भमा सरकारले बजेट भने निक्कै बिस्तारकारी ल्याएको छ। त्यसैले बाह्य स्थायित्वमा थप चाप पर्ने निश्चित छ। वास्तविकता भन्दा निक्कै फरक भएर बजेट आएका कारण राष्ट्र बैंकलाई मौद्रिक नीतिमार्फत सरकारी योजनालाई सहयोग गर्न निक्कै चुनौतीपूर्ण देखिन्छ। यद्यपी गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री जनार्द्धन शर्माले डाकेको बजेटपछाडिको पत्रकार सम्मेलनमा बजेटलाई सहयोग गर्ने बताएका छन्। उनले मूल्यस्फीतिको सन्दर्भमा सहयोग गर्ने भनेका हुन्।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्