बालेनले कटाए ६० हजार मत , उनको विजयी निश्चित

Machchapuchchre

अर्थ राजनीति  ~  काठमाडौँ महानगरपालिकाको मतगणना अन्तिम चरणमा पुगेको छ । जारी मतगणनाअनुसार मेयर पदमा स्वतन्त्र उम्मेदवारी दिएका बालेन्द्र साहले ६० हजार मत कटाएका छन् । उनी विजयी हुने निश्चित बुधबार भइसकेको छ। गन्न बाँकी मतभन्दा निकटतम प्रतिद्वन्द्वीसँग मतान्तर बढी रहेकाले बालेनले जित सुनिश्चित भएको हो। उनले नेपाली कांग्रेसकी उम्मेदवार सिर्जना सिहं र नेकपा (एमाले) का केशव स्थापितलाई निकै पछि पारे । त्यस्तै, उपमेयरतर्फ नेकपा (एमाले) की सुनिता डंगोलले ६६ हजार मत कटाएकी छन् । उनले सबैभन्दा धेरै मत पाएकी छन् । उनका प्रतिस्पर्धी नेकपा एसका रामेश्वर श्रेष्ठले करिब २३ हजार मत पाएका छन् ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्