नेप्से परिसूचकमा १४.३७ अंकले वृद्धि

Machchapuchchre

अर्थ राजनीति  ~  सेयर बजार मापक नेप्से परिसूचक बुधवार पनि दोहोरो अंकले वृद्धि भएको छ । मंगलबार १६.३२ अंकले वृद्धि भएको नेप्से परिसूचक बुधबार १४.३७ अंक बढेर २२३१.५७ विन्दुमा पुगेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स २.४२ अंक बढेको छ भने फ्लोट इण्डेक्स १.०७ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.८३ अंकले बढेको छ । बुधबार कारोबारमा आएका २६६ कम्पनीको २६ लाख ९४ हजार कित्ता सेयर १ अर्ब ४ करोड ४६ लाख रुपैयाँ बराबरको खरिदबिक्री भएको छ । मंगलवारको तुलनाका नेप्से कारोबार गिरावट भएको छ । मंगलबार १ अर्ब ८ करोड ८८ लाख ३३२ हजार ५४२ रुपैयाँ बराबरको कारोबार भएको थियो । नेप्सेका १३ वटै उपसमूहको परिसूचक वृद्धि भएको छ । जसमध्ये व्यापार उपसमूहको परिसूचक सर्वाधिक १.५३ प्रतिशत बढेको छ । त्यस्तै निर्जीवन बीमा उपसमूहको परिसूचक १.४३ प्रतिशत बढेको छ भने जलविद्युतको १.१९ प्रतिशत बढेको छ । बुधबार कारोबारमा आएको बलेफी हाइड्रोपावरको सेयरमूल्य सर्वाधिक ५.९२ प्रतिशत बढेको छ । त्यस्तै, मैलुङ खोला जलविद्युत, सिंगटी हाइड्रो इनर्जी र गुराँस लघुवित्तको सेयरमूल्य ५ प्रतिशतभन्दा बढी बढेको छ । यता, कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमूल्य सर्वाधिक ७.१३ प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा ८ करोड ३४ लाख ८ हजार रुपैयाँ बराबरको सेयर खरिदबिक्री गरेर अपर तामाकोसी शीर्ष स्थानमा रहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्