” अब गठबन्धनको ओरालो यात्रा सुरु हुन्छ ” : उपाध्यक्ष पौडेल

Machchapuchchre

अर्थ राजनीति ~  नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रमले मुलुकका विद्यमान समस्या समाधान गर्न नसक्ने दावी गरेका छन् । पत्रकारसँग कुराकानी गर्दै उपाध्यक्ष पौडेलले सरकारले संसदमा पेश गरेको आर्थिक वर्ष २०७९/८० को नीति कार्यक्रम इतिहासकै नालायक र सारहिन भएको बताए । नीति तथा कार्यक्रमले मुलुकको आजका समस्याहरु चिन्न नसकेको भन्दै समाधान दिन नसकेको उपाध्यक्ष पौडेलको भनाइ छ । पौडेलले नीति तथा कार्यक्रममा कुनै दृष्टिकोण नभएकाले बालुवा चुसेजस्तो निरस भएको टिप्पणी गरे । ‘गठबन्धन जस्तो छ, नीति कार्यक्रम पनि त्यस्तै छ । यो इतिहासकै  सबैभन्दा नालायक, सारहिन, गन्तव्य, दिशाहिन, मुलुकका आजका समस्या चिन्न नसकेको र समाधान दिन नसकेको, बालुवा चुसेजस्तो निरस छ’, पौडेलले नीति तथा कार्यक्रममा दृष्टिकोण र गन्तव्य नभएको भन्दै यसले मुलुकका आजका समस्या नचिनेको र समाधान दिने दृष्टिकोण नभएकाले समयको अपव्यय मात्रै भएको बताए ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्