अर्थ राजनीति ~ भरतपुर महानगरपालिकामा वडा नम्बर ५ को मतगणना चलिरहँदा सत्ता गठबन्धनकी उम्मेदवार रेणु दाहालले अग्रता बढाउँदै लगेकी छिन् । अहिलेसम्म १८ हजार ४ सय ४७ मतगणना हुँदा रेणुले ६ हजार १ सय ७० मत पाएकी छन् । एमालेका विजय सुवेदीले ६ हजार ८० मत पाएका छन् । रेणु र विजयको मतान्तर ९० भएको छ । गठबन्धनका बागी उम्मेदवार जगन्नाथ पौडेलले ३ हजार ६ मत पाएका छन् । उपमेयरमा कांग्रेसका चित्रसेन अधिकारीले ७ हजार ५ सय २४ तथा राप्रपाकी हिमला गुरुङले ४ हजार ९ सय ९२ मत पाएकी छन् । भरतपुर ५ को वडाध्यक्षमा १ हजार २सय १७ मतगणना हुँदा एमाले उम्मेदवारले ५ सय ३० र कांग्रेस उम्मेदवारले ५ सय ३३ मत पाएका छन् ।
मतान्तर बढाउँदै अघि बढ्दै रेणु, जगन्नाथ पनि पछिपछि
