अर्थ राजनीति ~ सुनको मूल्य अघिल्लो दिनको भन्दा तोलामा ६ सय रुपैयाँले बढेको छ । बुधबार कारोबार मूल्य प्रतितोला एक लाख एक हजार ५ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । मंगलबार सुन तोलामा ८ सय रुपैयाँले बढ्दै प्रतितोला एक लाख ९ सय रुपैयाँ भएको थियो । चाँदीको मूल्य तोलामा १४ सय रुपैयाँ पुगेको छ । चाँदी तोलामा २० रुपैयाँले बढेर बुधबार प्रतितोला एक हजार ४ सय रुपैयाँ कायम भएको छ । मंगलबार चाँदी तोलामा १५ रुपैयाँले बढेर प्रतितोला एक हजार ३ सय ८० रुपैयाँमा कारोबार भएको थियो ।अन्तराष्ट्रिय बजारमामा पनि सुनको मूल्य उकालो लागेको छ ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति