सुनको मूल्य तोलामा ६ सय घट्यो , आइतबार प्रतितोला ९९ हजार २ सय

Machchapuchchre

अर्थ राजनीति  ~  साताको पहिलो दिन सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घटेको छ। आइतबारका लागि कारोबार मूल्य प्रतितोला ९९ हजार २ सय रुपैयाँ निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। गत शुक्रबार सुन ९९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो। सुनको कारोबार मूल्य गत बुधबारदेखि एक लाखबाट तल झरेको हो। अघिल्लो दिनका तुलनामा १८ सय रुपैयाँको गिरावटपछि गत मंगलबार प्रतितोला १ लाख ५ सय भएको थियो। बुधबार अझ १२ सय घटेर तोलाको ९९ हजार ३ सय रुपैयाँ भएको थियो। बिहीबार भने ५ सय बढ्दै प्रतितोला ९९ हजार ८ सय रुपैयाँ भएको थियो, जुन भाउमा कारोबार मूल्य शुक्रबार स्थिर थियो। चाँदी तोलामा १० रुपैयाँ घटेको छ। आइतबारका लागि चाँदी प्रतितोला १३ सय ७५ रुपैयाँ भएको छ। गत शुक्रबार प्रतितोला १३ सय ८५ रुपैयाँ थियो।

 

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्