अर्थ राजनीति ~ राजस्व अनुसन्धान बिभागले विदेशी विनिमयको अपचलन गरेको आरोपमा दुईजना विरुद्ध मुद्दा दायर गरेको छ। विदेशी विनिमयको अपचलनको आरोप लगाए पनि उनिहरुले नेपालबाट क्रिप्टोकरेन्सीमा लगानी गरेको देखिएको छ। उनीहरुले नेपालमा बसेर क्रिप्टोकरेन्सीमा लगानी गरी झण्डै दश करोड रुपैयाँ अपचलन गरेको जनाएको छ। आरोपितले सामूहिक रुपमा मिलिमतो गरी मोबाइल एप्स वानएक्सबेट बाइनान्स एडीभी क्यास क्वाइनबेस प्याक्सफुल (1xbet, Binance, Adv Cash, Coinbase, Paxfull) प्रयोग गरि विदेशी विनिमय अमेरिकी डलर सम्बन्धि कसुर कार्यमा संलग्न रहि सामूहिक रुपमा मोरङ्ग रतुवामाई नगरपालिकाबाट डलरको अनलाइन मार्फत अवैध रुपमा कारोबार गरेको बताईएको छ। विभागले रतुवामाई ७ मोरङका पुस्कर श्रेष्ठ र बिनिता लिम्बु विरुद्ध काठमाडौं जिल्ला अदालतमा ९ करोड ७४ लाख ६९ हजार ९८३ रुपैया बिगो कायम गरी काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गराएको हो। उनीहरुले विभिन्न एप्लीकेसनमार्फत नेपालबाटै क्रिप्टोमा लगानी गरेको र यसका लागि अमेरिकी डलरको अवैध कारोबार गरेको विभागले अनुसन्धानले देखाएको छ। विशेषगरी मेगा बैंकबाट रु.८६,८३,४२९.८५ सिटिजन्स बैंकबाट रु. २५१,७६,०९९.९७ एन.आई. सि.एशिया बाट रु. 1,82,49,889.32 र राष्ट्रिय वाणिज्य बैंकबाट रु. २,३६,६२,५३९.३८ समेत जम्मा रु. ७,५७,७१,९५८.५२ तथा बिनिता लिम्बुले एन.आई. सि.एशिया बाट रु. २,१६,९८,०२४.७४ समेत जम्मा नौ करोड चौहत्तर लाख उन्नसत्तरी हजार नौ सय त्रियासी रुपैयाँ छब्बिस पैसा रकम अपचलन गरेका थिए। विभिन्न वैकका बैंक स्टेटमेन्टहरु, बरामदित मोवाइलमा प्राप्त डाटाहरुलगायत कल डिटेल विवरण समेतका मिसिल संलग्न प्रमाणबाट पुस्कर श्रेष्ठ र बिनिता लिम्बु समेतका प्रतिवादीहरूले सामूहिक रुपमा मिलिमतो गरी विभिन्न मोबाइल एप्स प्रयोग गरि विदेशी विनिमय अमेरिकी डलर सम्बन्धि कसुर कार्यमा संलग्न रहि सामूहिक रुपमा मोरङ्ग रतुवामाई नगरपालिकाबाट डलरको अनलाइन मार्फत अवैध रुपमा कारोबार गरेको कसुरजन्य कार्य गरेको विभागले जनाएको छ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति