एक खर्ब ६ अर्ब पुनर्कर्जा वितरण, वाग्मतीमा मात्रै आधाभन्दा बढी पुनर्कर्जा

Machchapuchchre

अर्थ राजनीति  ~   नेपाल राष्ट्र बैंकले माघ महिनासम्म एक खर्ब ६ अर्ब १० करोड रुपैयाँ पुनर्कर्जा स्वीकृत गरेको छ। यो पैसा २४ हजार २६८ जना ऋणीलाई दिइने छ। ग्राहाकको मूल्यांकनको आधारमा प्रदान गरिने पुनर्कर्जा बापत १३ अर्ब ६४ करोड रुपैयाँ स्वीकृत गरिएको राष्ट्र बैंकले जनाएको छ। यो कुल १०३ जनाले पाएका छन्। यसमध्ये विशेष पुनर्कर्जा ३ अर्ब ५० करोड गएको हो। यो २० जनाले लिएका छन्। साधारण पुनर्कर्जा १० अर्ब १४ करोड गएको छ। यो ८३ जनाले लगेका छन्। एकमुष्ट प्रदान गरिने कर्जा ९२ अर्ब ४६ लाख रुपैयाँ गएको छ। यो २४ हजार १६५ जनाले लगेका हुन्। यसमध्ये लघु तथा घरेलु साना उद्यम पुनर्कर्जा ८ अर्ब १० करोड गएको छ भने विशेष पुनर्कर्जा ८ अर्ब ७९ अर्ब गएको छ। साधारण पुनर्कर्जा ७५ अर्ब ५८ अर्ब रुपैयाँ गएको छ। राष्ट्र बैंकले प्रदेश १ मा कुल पुनर्कर्जाको १२.२० प्रतिशत दिएको छ। आधाभन्दा बढि पुनर्कर्जा वाग्मति प्रदेशकाले पाएका छन्। उनीहरुलाई ५२.२३ प्रतिशत दिइएको छ। मधेस प्रदेशलाई ३.६१ प्रतिशत, गण्डकीलाई १८.२१ प्रतिशत, लुम्बिनी प्रदेशलाई १३.०२ प्रतिशत र सूदूरपश्चिमलाई सबैभन्दा कम ०.७२ प्रतिशत दिइएको छ। कुल पुनर्कर्जामध्ये पर्यटन क्षेत्रलाई ६ अर्ब ८१ करोड अर्थात ४९.९७ प्रतिशत दिइएको छ। जलविद्युतलाई २३.७६ प्रतिशत दिइउको छ। ब्यापार र कपडालाई एक प्रतिशतभन्दा कम दिइएको छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्