अर्थ राजनीति ~ सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठक आज बस्दैछ । दिउँसो २ बजे बस्ने बैठकमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव, संसद् र पछिल्ला राजनीतिक घटनाक्रमको विषयमा छलफल हुनेछ । सर्वदलीय बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दललाई बोलाइएको सभामुखको सचिवालयले जनाएको छ । यद्यपी प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी हुने/नहुने निश्चित भइसकेको छैन । प्रधानन्यायाधीश जबराविरुद्ध सत्तारूढ दलका सांसदले आइतबार सिंहदरबारस्थित संसद् सचिवालयमा महाभियोगको प्रस्ताव दर्ता गराएका थिए । प्रस्तावमा प्रधानन्यायाधीश राणालाई कार्यक्षमता नभएको अभियोग लगाइएको छ। यसैबीच सोमबार बोलाइएको प्रतिनिधिसभाको बैठक बुधबारसम्मका लागि स्थगित गरिएको छ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति