अर्थ राजनीति ~ प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री स्वर्गीय सुशील कोेइरालाको सातौँ स्मृति दिवसका अवसरमा श्रद्धासुमन अर्पण गर्नुभएको छ । नेपाली कांग्रेसका सभापति समेत रहनु भएका देउवाले कांग्रेसका तत्कालीन सभापति कोइरालाप्रति श्रद्धाञ्जली व्यक्त गर्नु भएको हो । कोइरालाले पार्टी र संविधान निर्माणमा निर्वाह गरेको नेतृत्वदायी भूमिका सबैका लागि सधैँ प्रेरणादायी भएको आज बिहान सामाजिक सञ्जाल फेसबुक मार्फत उहाँले यस्तो बताउनु भएको छ । नेपालको संविधान जारी हुँदा सरकारको नेतृत्व गर्नुभएका कोइरालाको वि.सं. २०७२ साल माघ २६ गते निधन भएको थियो । २०७० माघ २७ देखि २०७२ असोज २३ गतेसम्म कोइराला प्रधानमन्त्री रहँदा मुलुकले गणतान्त्रिक संविधान पाएको हो । नेपाली राजनीतिमा कोइराला त्यागी, सादगी, सन्त र इमान्दार नेताका रुपमा चिनिनुहुन्थ्यो । कोइराला १२ औं महाधिवेशनबाट कांग्रेसको सभापतिमा निर्वाचित हुनुभएको थियो ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति