सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले घट्यो

Machchapuchchre

अर्थ राजनीति  ~  सुनको मूल्य प्रतितोला चार सय रुपैयाँले घटेको छ । शुक्रबारको तुलनामा सुनको मूल्य आज प्रतितोला चार सय रुपैयाँले घटेर ९२ हजार २०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुनको मूल्य प्रतितोला ९२ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो । यस्तै तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ७०० रुपैयाँमा कारोबार भइरहेको छ । तेजाबी सुन शुक्रबार प्रतितोला ९२ हजार १०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यको तुलनामा प्रतितोला १५ ले घटेर एक हजार २५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा आइतबार सुन प्रतिऔँस एक हजार ७९२ डलर आसपास कारोबार भइरहेको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्