अर्थ राजनीति ~ निर्वाचन आयोगले निर्वाचनको मिति तोकेर स्थानीय तहलाई पूर्ण गराउनु पर्ने जिम्मेवारी सरकारको भएको बताएको छ। स्थानीय तहको पदावधि सकिन लागेकाले आगामी जेठ ५ गते भन्दाअगावै स्थानीय तहको निर्वाचन गराएर स्थानीय तहलाई पूर्णता दिनुपर्ने जिम्मा सरकारको रहेको निर्वाचन आयोगले बताएको हो। आइतबार मिडियासँगको कुराकानीमा आयोगका उपसचिव एवं सहप्रवक्ता कोमलप्रसाद धमलाले स्थानीय तहको निर्वाचनसम्बन्धी ऐनले दफा ३ र दफा ५५ ले तोकेअनुसार जस्तो यो ऐन प्रारम्भ भएपछि सम्पन्न हुने पहिलो निर्वाचनको हकमा निर्वाचन मिति तोकिएको सातौं दिन निर्वाचित भएको सदस्य निर्वाचित भएको मानिने बताए। २०७४ वैशाख ३० गते निर्वाचन भएको आधारबाट हेर्दा जेठ ५ गते राति १२ बजेबाट अहिलेको पदावधि सकिने उल्लेख उनले बताए। सहप्रवक्ता धमलाले निर्वाचन भनेको राजनीतिक र कानुनी विषय भएकाले निर्वाचनको तयारीका लागि १२० दिनको समय रहेकाले सरकारले चाँडै निर्वाचनको मिति तोकिदिए सबै किसिमबाट तयारीमा जुट्न सजिलो हुने र तयारी राम्रोसँग गर्न सकिने बताए। उनले स्थानीय तहको पदावधिको समय सकिन लागेको र त्यसलाई लम्ब्याउने वा छोट्याउने प्रावधान कानुनले नदिएकाले संविधानले तोकेको समयावधिमा नै निर्वाचन गराउनु पर्ने उल्लेख गरे।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति