पर्यटन प्रर्वद्धनमा होटल व्यवसाय क्षेत्रको योगदान महत्वपूर्ण – मन्त्री प्रकाश ज्वाला

Machchapuchchre Bank

सुर्खेत । कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले पर्यटन प्रवद्र्धनमा होटल व्यवसाय क्षेत्रको योगदान महत्वपूर्ण हुने बताएका छन् । सुर्खेतमा शुक्रबारदेखि शुरु होटल व्यवसायी महासङ्घ, नेपालको तेस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै ज्वालाले होटल र पर्यटन क्षेत्र परिपूरक रहेको बताए ।

मन्त्री ज्वालाले कर्णालीमा अथाह पर्यटकीय सम्पदा रहेको भन्दै पर्यटन प्रवद्र्धनमा सहयोग गर्न होटल व्यवसायीलाई आग्रह गरे । ‘कर्णाली प्राकृतिक, ऐतिहासिक, सांस्कृतिक र धार्मिक पर्यटनका हिसाबले धनी छ, तपाईहरु एकपटक यहाँ घुमेर आनन्द लिनुस्’, उनले भने, ‘महाधिवेशनको सन्दर्भलाई आफ्नो व्यावसायिक कामका लागि मात्र नसम्झी पर्यटकका रुपमा यहाँका पर्यटकीयस्थलमा पुगेर प्रवद्र्धन गरिदिनुस् ।’

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्