अर्थ राजनीति ~ साताको पहिलो दिन घटेको सुनको मूल्य सोमबार पुनः बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार २ सय रुपैयाँ बढेर कारोबार मूल्य प्रतितोला ९३ हजार ८ सय रुपैयाँ निर्धारण भएको छ। गत शुक्रबारका तुलनामा ४ सय रुपैयाँ घट्दा आइतबार प्रतितोला ९३ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो। चाँदी प्रतितोला १२ सय ४५ रुपैयाँको अघिल्लो दिनकै मूल्यमा स्थिर छ। आइतबार चाँदी तोलामा ५ रुपैयाँ घटेको थियो। केही दिनयता अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा उतारचढाव हुँदा यसको असर स्थानीय बजारमा परेको छ। गत आइतबार प्रतिऔंस १७८९.१८ डलरमा कारोबार भइरहेको सुनमा सामान्य वृद्धि छ। सोमबार सुन प्रतिऔंस १८०२.३५ डलरमा कारोबार भएको छ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति