अर्थ राजनीति ~ बिहीबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँले वृद्धि भएको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको बिहीबारको कारोबार मूल्य ९३ हजार रुपैयाँ तोकिएको छ । बुधबार छापावाल सुनको प्रति तोला मूल्य ९२ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । तेजावी सुनको बिहीबारको खरिद बिक्री मूल्य ९२ हजार ५ सय रुपैयाँ कायम भएको महासंघले जनाएको छ । यस्तै चाँदीको मूल्य पनि तोलामा २५ रुपैयाँले बढेको महासंघले जनाएको छ । चाँदीको प्रतितोला मूल्य १२ सय १० रुपैयाँबाट वृद्धि भएर १२ सय ३५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति