मर्जरले सेयर लगानीकर्तालाई लाभ कि हानि ?

Machchapuchchre

अर्थ राजनीति ~  पछिल्लो समयमा विभिन्न बैंक तथा वित्त कम्पनीहरूबीच एकआपसमा मर्जरको लहर चलिरहेको छ । त्यसैगरी बिग बैंकहरूको बिग मर्जरको पनि चर्चा चलिरहेको छ । पछिल्लो समयमा हिमालयन बैंक र नेपाल इन्भेस्टमेन्ट बैंक बाहेक विभिन्न लघुवित्त कम्पनीहरू पनि एकआपसमा मर्जर र एक्वायरको प्रक्रियामा रहेका छन् । केही कम्पनीहरूले सफलताका साथ मर्जर सम्पन्न गरी एकीकृत कारोबारसमेत गरिसकेका छन् । बैंकहरू एकआपसमा मर्जर वा एक्वायर गर्दा लगानीकर्ताहरूलाई लाभ भएको छ कि हानि ? भन्ने प्रश्न उठ्ने गरेको छ लगानीकर्ताहरू माझ । एकातिर बिग बैंकहरूको संख्या घटाउनका लागि नेपाल राष्ट्र बैंकले बिग मर्जरमा जानका लागि दवाब दिने गरेको छ भनिन्छ तर अर्कोतिर बिग बैंकहरू बिग मर्जरमा जान जान त्यति उत्सुक भने देखिएका छैनन् । त्यसो त बिग बैंकहरूको एकआपसमा मर्जर हुने चर्चा भने चलि नै रहन्छ । कतिपय बिग बैंकहरूको बिग मर्जरको हल्लाले मात्र पनि सेयर बजारमा चलखेल हुने गरेको पनि देखिन्छ । केही लघुवित्त कम्पनीहरूले आफ्नो पुँजी बढाउनका लागि हकप्रद सेयर जारी गर्ने स्वीकृति माग्दा नियामक निकायले नदिएको र मर्जरमा जान दबाब दिने गरेको पनि छ । कतिपय लघुवित्त कम्पनीहरू पुंजी वृद्धि गर्नका लागि भए पनि बाध्यतावश मर्जरमा जाने गरेको बुझ्न सकिन्छ । पछिल्लो समयमा आईपीओ अर्थात् प्राथमिक सेयर निष्कासन नगरेका कतिपय लघुवित्त कम्पनीहरू पनि एकआपसमा मर्जर र एक्वायर गर्ने गरिरहेका छन् । यसले पनि लगानीकर्ताहरूले आईपीओ सेयर भर्न पाइरहेका छैनन् । एक सयमा किन्न पाइने सेयरको धनी हुनबाट लगानीकर्ता वञ्चित हुनुपरिरहेको छ । त्यसो त मर्जर वा एक्वायरबाट कतिपय लगानीकर्ता दोहोरो मारमा पर्ने गरेका छन् । कतिपय अवस्थामा कम्पनीहरू मर्जर र एक्वायरमा गएपछि लगानीकर्ताहरूलाई लाभभन्दा पनि हानि हुने गरेको छ । विभिन्न कम्पनीहरूबीच मर्जर वा एक्वायरको हल्ला मात्र चले पनि सेयर बजारमा सेयरको मूल्यमा तलमाथि हुने गर्छ भने मर्जर प्रणालीमा रहेसम्म सेयरको कारोबार हुँदैन, लगानीकर्ताहरूको लगानी ब्लक हुने गर्छ । कतिपय लगानीकर्ताहरूले लोनमा लगानी गरेका पनि हुन्छन् भने कतिपय लगानीकर्ताहरू आफुलाई आवश्यक परेको बेला सेयर बिक्री गर्न पाउँदैनन् । यसले पनि धेरै लगानीकर्ताले हानि बेहोर्न परिरहेको हुन्छ । एकातिर सेयर कारोबार गर्न नसकिने, अर्कातिर कम्पनीहरूले मर्जरको बेला एकआपसमा गरिने स्वाप रेसियोबाट पनि लगानीकर्ताहरूले हानि बेहोर्नुपर्ने भइरहेको छ । त्यस्तै, मर्जर प्रक्रिया लम्बिने कारणले पनि लगानीकर्ताहरूलाई नोक्सानी हुने गरेको छ । साथै, स्वाप रेसियो निर्धारण हुँदा कम्पनीहरूबीच चलखेल हुने गरेको कारण पनि हानी भएको लगानीकर्ताको अनुभव छ । मर्जर प्रक्रिया लम्बिने मात्र होइन कतिपय मर्जर प्रक्रिया पनि असफल हुनेपनि भएकाले पनि लगानीकर्तालाई हानी भएको  देखिन्छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्