नेता बस्नेत : ” अवैध मन्त्रीको झण्डा हल्लाउँदै ठूलो कुरा नगरे हुन्छ “

Machchapuchchre

अर्थ राजनीति  ~ नेकपा एमालेका केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले वर्तमान परमादेशबाट बनेको पाँच दलीय गठबन्धनका मन्त्रीहरु अबैध भएको दावी गर्नुभयो । नेकपा एमाले मध्यपुर नगरपालिका वडा नं. १ कमिटीद्वारा आज २०७८ सालको शुभ दिपावली, नेपाल संवत् ११४२ न्हुदँ तथा छठ पर्वको अवसरमा आयोजित शुभकामना आदान प्रदान कार्यक्रममा बोल्दै नेता बस्नेतले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा तथा माधव नेपालले नेतृत्व गरेको नेकपा समाजवादी पार्टीले भक्तपुरमा आएर एमालेको विरुद्धमा जस्तोसुकै आरोप लगाएपनि जनताले निर्वाचनमा हिसाव किताव गर्ने चेतावनी दिनुभयो । परमादेशबाट बनेको मन्त्रीहरु अवैध भएको उल्लेख गर्दै नेता बस्नेतले अवैधमन्त्रीको झण्डा हल्लाएर भक्तपुरमा आएर जनादेशबाट प्राप्त एमाले र महेश बस्नेतको विरुद्धमा भक्तपुर आएर ठूला कुरा नगर्न चेतावनी दिनुभयो । केही दिन अघि नेकपा एसका स्थायी कमिटी सदस्य, स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले भक्तपुरमा महेश बस्नेतले एक्लै चुनाव लडेर देखाउन चुनौति दिनुभएको थियो । त्यस्तै प्रचण्डले नेता बस्नेतलाई भक्तपुरबाट लखेट्नुपर्ने भन्दै अभिव्यक्ति दिनुभएको थियो । सोही प्रसंगलाई लक्षीत गर्दै नेता बस्नेतले भक्तपुरमा आएर प्रचण्ड तथा माधव नेपाल नेतृत्वका पार्टीका नेताले ठूलो कुरा नगर्न नेतावनी दिनुभएको हो । जनताको जनमतबाट सरकारको नेतृत्व गरेको एमालेलाई अदालतको सेटिङका भरमा केही समय प्रतिपक्षमा बस्नु परेको उल्लेख गर्नुभयो । आगामी निर्वाचन पछि एमाले सानदार बहुमतका साथ सरकारको नेतृत्व गरी मुलुकको विकास र समृद्धिको अभियानलाई तिव्र गतिमा अगाडी बढाउने समेत उहाँले दावी गर्नुभयो ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्