अर्थ राजनीति ~ नबिल बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । बैंकले सोमबार सार्वजनिक गरेको वित्तीय विवरण अनुसार मूनाफामा थोरै सुधार देखिएको छ । चालु आर्थिक वर्षको तीन महिना अर्थात असोज मसान्तसम्म नबिलले १ अर्ब ११ करोड २२ लाख ३४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो अघिल्लो वर्षके तीन महिनाको तुलनामा ७ दशमलव ३९ प्रतिशतले धेरै हो । अघिल्ले वर्षको यो अवधिमा बैंकले १ अर्ब ३ करोड ५७ लाख १२ हजार रुपैयाँमात्रै मूनाफा कमाएको थियो । बैंकको खुद ब्इाजद आम्दानीमा पनि किनै राम्रो सुधार भएको छ । बैंकका अनुसार खुद ब्याज आम्दानी ४२ दशमलव ४१ प्रतिशतले बढेको छ । बैंकको प्रतिशेयर आम्दानी भने घटेर ३२ रुपैयाँ ३४ पैसामा झरेको छ । बेस रेट तथा स्प्रेड रेटमा सुुधार देखिए पनि निस्कृय कर्जा अनुपात भने थोरैले बढेको छ ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति