राष्ट्रिय वाणिज्य बैंकले एकैपटक माग्यो आठ सय कर्मचारी

Machchapuchchre Bank

अर्थ राष्ट्रिय  ~  राष्ट्रिय बाणिज्य बैंकमा स्थायी जागिर खुलेको छ । लोक सेवा आयोगले विभिन्न १२ पदमा ८०० बढी जनाका लागि आवेदन खुला गरेको हो । ९ औं तहको वरिष्ठ प्रबन्धकदेखि तह ५ को वरिष्ठ सहायक (सूचना प्रविधिसम्म)का लागि आवेदन खुला गरिएको छ । २ जना वरिष्ठ प्रबन्धक, ६ जना प्रबन्धक र १८ जना उपप्रबन्धक (प्रशासन), एक जना उपप्रबन्धक (लेखा)  पनि माग गरिएको छ । ८४२ जनाका लागि आवेदन माग गरिएकोमा सबैभन्दा धेरै छैटौं तहको प्रशासनतर्फको सहायक प्रबन्धक पदमा २०० जना र त्यसपछि पाँचौं तहको प्रशासन तर्फकै वरिष्ठ सहायक पदमा १७८ जना माग गरिएको छ । आवेदन अनलाइनमार्फत सोमबारदेखि भर्न सकिनेछ । फारामको म्याद मंसिर पाँच गतेसम्म तोकिएको छ ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्