अर्थ राजनीति ~ दुई दिनभित्रै मन्त्रिपरिषद्लाई पूर्णता दिन सत्तारुढ गठबन्धन सहमत भएका छन् । आइतबार प्रधानमन्त्री निवासमा बसेको बैठकमा मन्त्रिपरिषद् विस्तार र सरकार सञ्चालनबारे शीर्ष नेताबीत छलफल भएको थियो । छलफलमा दुई दिनभित्रै मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे नेताहरू सहमत भएको र मन्त्री छान्ने जिम्मा पार्टीका शीर्ष नेतालाई दिइएको छ । बैठकमा कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राजमोका शीर्ष नेता सहभागी भएका छन् । बैठकमा राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश निष्क्रिय बनाउने तथा एकीकृत समाजवादी दलको विषयमा अदालतको आदेश कुुर्नुपर्ने विषयमा छलफल भएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पत्रकारहरूलाई जानकारी दिए । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले दलका नेताहरूलाई मन्त्रीको नाम दिन आग्रह गरेका थिए । तर, एकीकृत समाजवादी र जसपाका नेताले राजनीतिक दल विभाजनसम्बन्धी अध्यादेश प्रतिस्थापन गर्न संसदमा प्रस्ताव दर्ता भएपछि मात्र मन्त्रीको नाम दिने बताएको प्रधानमन्त्रीको निजी सचिवालयका एक सदस्यले बताए ।
सम्बन्धित शिर्षक
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति
-
अर्थ राजनीति