सहमति बनाएर एमसिसी पारित गर्ने पक्षमा छौँ : अध्यक्ष प्रचण्ड

Machchapuchchre Bank

अर्थ राजनीति  ~  चार दिवसीय नेपाल भ्रमणमा रहेकी एमसिसी उपाध्यक्ष फतिमा सुमार नेतृत्वको प्रतिनिधिमण्डलले आज (शुक्रबार) सत्तासाझेदार पार्टी नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेटवार्ता गरेको छ। प्रचण्ड निवास ललितपुरको खुमलटारमा आज (शुक्रबार) बिहान झन्डै एक घण्टा भएको भेटमा सुमारले एमसिसी परियोजना पास गरेर अघि बढ्न आग्रह गरेकी थिइन्। जवाफमा प्रचण्डले आफूहरू राष्ट्रिय एकता कायम गरी एमसिसी पास गर्ने पक्षमा रहेको बताएको प्रचण्डको सचिवालयले जनाएको छ। सत्तारुढ गठबन्धनमा पनि एकमत बनाएर अघि बढ्ने विषयमा आफूहरू प्रयासरत रहेको प्रचण्डको भनाइ थियो। एमसिसी पारित हुने वातावरण बनाउन नेपाल भ्रमण रहेको फतिमा नेतृत्वको प्रतिनिधिमण्डलले हिजो (बिहीबार) एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाल र जनता समाजवादी पार्टीका नेताहरूसँग भेट गरेको थियो। प्रतिनिधिमण्डलले आज (शुक्रबार) प्रधानमन्त्री तथा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवालाई पनि भेट्ने कार्यक्रम छ।

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्